ठगी जागरूकता

ठगी हुन्छ। दुर्भाग्यवश, यो सबैभन्दा निर्दोष मानिसहरूलाई हुन सक्छ। आफूलाई यस्तो हुन नदिनुहोस्। हामीले केही धेरैजसो हुने ठगीका दृष्यहरू तल सूचीकृत गरेका छौँ, ताकी धेरैजसो हुने स्क्यामहरूबाट टाढा रहन सक्नुहुन्छ।

सामान्य ठगीका दृष्यहरू

अनलाइन डेटिङ स्क्यामहरू

तपाईंले सुन्दर र स्मार्ट महिलालाई भेट्नुभयो। तपाईंले उनलाई प्रत्यक्ष रूपमा कहिल्यै भेट्नुभएको छैन — तर तपाईं उनीसँग महिनौँदेखि कुरा गरिरहनु भएको छ, सम्भवत फोनमा समेत बोल्नुभएको छ। छिट्टै कुनै दिन तपाईंले भेट्न सक्नुहुनेछ, तर अहिले उनी संसारको अर्को भागमा छिन्। त्यसपछि उनलाई केही आकस्मिक कुरा पर्‍यो र केही रकम आवश्यक हुन्छ। धेरै होइन, केवल केही सय डलर। के तपाईं त्यसो गर्न सक्नुहुन्छ? र त्यसपछि अर्को हप्ता, कोही बिरामी हुन्छ। तपाईं त्यो पनि तिर्न अप्ठ्यारो मान्नुहुन्न, होइन त? तर, उनी वास्तवमै तपाईंले सोच्नुभएको महिला होइन। उनी तपाईंलाई धोका दिँदै छिन्। उनले तपाईंको विश्वास जितेकी छिन् र अब उनी तपाईंको सबै पैसा लिन तयार छिन्।

लट्री र स्विपस्टेक स्क्याम

तपाईंले आज आफ्नो इमेलमा आश्चर्यजनक समाचार पाउनुभयो, तपाईंले लट्री जित्नुभएको छ! बम्पर पुरस्कार धेरे ठूलो छ र तपाईंले पहिले नै तपाईं त्यो पैसाले के के गर्न सक्नुहुन्छ भन्ने सपना देख्न सुरु गर्नुभएको छ। तपाईंले चिट्ठा खेलेको सम्झने कुरामा तपाईं काफी सुनिश्चित हुनुहुन्न, तर भन्नुपर्दा तपाईंले ब्रेकफास्टमा के खानुभएको त बिर्सिसक्नुभएको छ; त्यस्तो कुरा त सजिलै बिर्सिन्छ। त्यहाँ एउटा मात्र कुरा हुन्छ, तपाईंको पुरस्कार क्यास आउट गर्नका लागि प्रेषकलाई तपाईंले केही रकम पठाउन आवश्यक हुन्छ। केवल सानो रकम, तपाईंले लाखौँ पाउँदै हुनुहुन्छ भने $1,000 त के नै हो र?

अफ्ठ्यारोमा भएको आफन्त स्क्याम

तपाईंकी नातिनी मेक्सिकोको यात्रा गर्दै छे र तत्काल पैसा सकियो। उसले तपाईंलाई जरुरी इमेल वा फोन कल गर्छे र भन्छे कि उसलाई अकस्मात पैसाको आवश्यकता छ। तपाईंलाई उसले मेक्सिको यात्रा गर्छु भनेको कुरा सम्झना छैन, तर तपाईं उसको सुरक्षाको बारेमा चिन्तित हुनुहुन्छ र ऊ ठीक छे भन्ने सुनिश्चित गर्न चाहनुहुन्छ। त्यसैले तपाईं उसलाई केही सय डलर पठाउनुहुन्छ। आफ्नो नातिनीको सुरक्षाको सम्बन्धमा केही सय डलर के कुरा हो र होइन?

रहस्यमयी किनमेलकर्ता स्क्याम

भाग्यमानी तपाईं! तपाईंले भर्खरै रहस्यमयी किनमेलकर्ताको रूपमा प्रवेश गर्नुभएको र तपाईंलाई पहिलो कार्य निर्दिष्ट गरिएको छ। तपाईंले गर्नुपर्ने स्थानीय खुद्रा पसलको ग्राहक सेवा मूल्याङ्कन गर्नु हो। सजिलो जस्तो छ, हैन त? त्यहाँ एउटा मात्र कुरा हुन्छ। तपाईंलाई डिपोजिट गर्नका लागि चेक वा मनी अर्डर पठाइयो, तपाईंले यसमा हुनुपर्ने भन्दा बढी रकम भएको पाउनुभयो। त्यसैले, अब तपाईंले प्रेषकलाई पैसा फिर्ता पठाउन आवश्यक छ। केही गडबड जस्तो छ, तर तपाईंले यसमा धेरै सोच्नुहुन्न। तपाईंले आफ्नो कारोबार पठाउने वित्तिकै तपाईंले पहिलेको चेक जाली भएको थाहा पाउनुभयो र अब तपाईं आफूले भर्खरै पठाएको फिर्ता पाउन सक्नुहुन्न। त्यसैले अब तपाईंसँग दुबै रकम छैन।

सवारी खरिद स्क्याम

तपाईंको सपनाको कारको लागि राम्रो डिलका लागि उत्साही इन्टरनेट खोज अब तयार छ! तपाईंले आफूले चाहेको कार आफ्नो स्थानीय डिलरसिपले अफर गर्न चाहेको भन्दा धेरै कम मूल्यमा पाउनुभयो। तपाईंले विक्रेतालाई सम्पर्क गर्नुभयो, ऊ/उनीले तपाईंलाई मनी ट्रान्सफर मार्फत आवेदन ऋणका लागि डाउन पेमेन्ट र/वा सेवा शुल्क पठाउन भन्नुभयो। ऊ/उनीले तपाईंलाई रसिद समेत पठाउनुभयो। मनी ट्रान्सफर मार्फत कुनै डाउन पेमेन्ट वा सेवा शुल्क नपठाउनुहोस्। तपाईंले आफ्नो सपनाको सवारीसाधन प्राप्त गर्नुहुने छैन र आफ्नो पैसा फिर्ता पाउनुहुने छैन।

इन्टरनेट खरिद स्क्याम

तपाईंले अपार्टमेन्ट रेन्टल अनलाइनमा आश्चर्यजनक मूल्य फेला पार्नुभएको छ र बहाली हस्ताक्षर गरेर अगाडि बढ्ने निर्णय गर्नुभयो। वास्तवमा घरधनी मात्र स्क्यामर हुन्छ जसले तपाईंलाई मनि ट्रान्सफर मार्फत पहिलो महिनाको भुक्तानी गर्न अनुरोध गर्छ र त्यो धेरै राम्रो अपार्टमेन्ट वास्तवमा अवस्थित हुँदैन। अनलाइन किनमेल गर्दा र कसैले तपाईंलाई मनी ट्रान्सफर बाट भुक्तानी गर्न वा व्यक्ति वा व्यवसायका लागि डिपोजिट गर्न अनुरोध गर्दा समेत सावधान हुनुहोस्। यो कुनै पनि अनलाइन खरिदमा हुन सक्छ – कुकुरको बच्चा, छुट्टीमा भाडामा घर लिँदा, टाइमसेयर वा कार। तपाईंले जस्तोमा पनि फस्न सक्नुहुन्छ। इन्टरनेट खरिदका लागि कुनै पैसा नपठाउनुहोस्। तपाईंले सामान पाउनुहुने छैन र आफ्नो पैसा फिर्ता पनि पाउनुहुने छैन।

पत्रपत्रिकाको विज्ञापन स्क्याम

यो आइतबारको बिहान हो, तपाईंले भर्खरै आफ्नो लागि ताजा कप कफी तयार गर्नुभएको छ र हातमा पत्रिका लिएर ब्रेकफास्ट गर्न तयार हुनुभएको छ। वर्गीकृतमा पल्टाउँदा, तपाईंले एउटा नयाँ, स्टेनलेस स्टिलको रेफ्रिजेरेटरको विज्ञापन देख्नुभयो जसको मूल्य साँचो जस्तै देखिन्थ्यो। तपाईंले आफूलाई केही समयदेखि नयाँ रेफ्रिजेरेटर आवश्यक भएको बारे सोच्नुभयो र यो लिने निर्णय गर्नुभयो। तपाईंले यो खरिद गर्नुहुन्छ। निश्चय नै, तपाईं केही शङ्का गर्नुहुनछ किनभने तपाईं यसलाई अज्ञात व्यक्तिबाट खरिद गर्दै हुनुहुन्छ र अहिलेसम्म पनि अज्ञात छ – तिनीहरूले तपाईंलाई खरिदका लागि तिनीहरूलाई पैसा पठाउन अनुरोध गरेका छन्। अज्ञात व्यक्तिबाट केही खरिद गर्दा कहिल्यै मनी ट्रान्सफर प्रयोग नगर्नुहोस्। तपाईंले कहिल्यै पनि सामग्री नपाउन र आफ्नो पैसा पनि गुमाउन सक्नुहुनेछ।

परोपकार स्क्याम

हालैको प्राकृतिक प्रकोपले सम्पूर्ण राष्ट्रलाई विनाशपछि पुननिर्माण गर्नपर्ने बनाएको छ र तपाईं पैसा दान गरेर मद्दत गर्नमा आफ्नो भूमिका निभाउन चाहनुहुन्छ। दुर्भाग्यवश, बाढी, टोर्नाडो वा हरिकेन जस्ता प्राकृतिक प्रकोपहरूले प्रायः स्क्यामरहरूलाई राम्रो अभिप्राय भएका मानिसहरूलाई शिकार बनाउन "परोपकारी" संस्थाहरूको नाम लिई ठगी गर्ने बनाउँछ। भर्खरै सबै कुरा गुमाएका यी मानिसहरूप्रति तपाईंको मन आउँछ। तपाईंले पैसा ठीक कहाँ ट्रान्सफर गर्ने भनेर परोपकारी संस्थाबाट कल वा पत्र प्राप्त गर्नुहुन्छ। आफूले नचिन्ने मानिस वा संस्थाहरूलाई कहिल्यै पनि पैसा नपठाउन सुनिश्चित हुनुहोस्। बरु, रकमहरू कसरी सङ्कलन र प्रयोग गरिँदै छ भने तपाईंलाई थाहा छ र तपाईं बुझ्नुहुनछ भनेर अमेरिकी रेडक्रस वा अरू विश्वसनीय संस्थालाई सम्पर्क गर्नुहोस्। सम्भावनाहरू, तपाईंले आफूले नचिन्ने कुनै संस्थामा पैसा ट्रान्सफर गर्नुभएमा, चाहेको कारणका लागि तपाईंको पैसा जानेछैन गरु स्क्यामरहरूको खल्तीमा जानेछ।

चेक वा मनी अर्डर स्क्याम

तपाईंले भर्खरै प्राप्त गर्नुभएको कामको लागि अग्रिम भुक्तानीको रूपमा तपाईंले पत्रबाट चेक वा मनी अर्डर प्राप्त गर्नुभयो – वा तपाईंले अनलाइन विज्ञापन मार्फत बेच्नुभएको सामानको लागि प्राप्त गर्नुभयो। यसमा के कुरा हुन्छ भने चेकमा भएको रकम हुनुपर्ने भन्दा बढी छ, त्यसैले स्क्यामरले तपाईंलाई तिनीहरूले “ज्यादा भुक्तानी” गरेको रकम उनीहरूलाई फिर्ता गर्न चेक डिपोजिट गर्न र रकम वायर गर्न भन्छन्। तपाईंले यो थाहा पाउनुअघि, तपाईंले चेक वा मनी अर्डर जाली भएको थाहा पाउनुहुन्छ र – अझै नराम्रो कुरा – तपाईंले मनी ट्रान्सफर मार्फत पठाउनुभएको पैसा फिर्ता पाउन सक्नुहुन्न।

वृद्धको नामबाट स्क्याम

यो स्क्याम धेरै रूपको हुन सक्ने भएता पनि, सबै टेलिमार्केटिङ ठगीको झन्डै एक तिहाइ शिकार 60 वर्ष वा सोभन्दा माथिका हुन्छन् भन्ने थाहा पाउनु महत्त्वपूर्ण हुन्छ। गृह सुधार, असाधारण दरमा ऋण, जग्गा योजना वा तपाईंको “बचाइएको रकम” निर्माण गर्नका लागि ठूलो रकम समेत जस्ता वाचाहरूको गर्दैमा कुनै अज्ञात व्यक्तिलाई पैसा पठाउँदा सावधान हुनुहोस्। कुनै पनि अज्ञात व्यक्तिलाई आफ्ना वित्त र सम्पत्तिहरू व्यवस्थित गर्न नदिनुहोस्। स्क्यामरहरूले तपाईंलाई सम्पत्ति र/वा पैसा दिनमा मन बदल्ने धेरै प्रयास गर्नेछन्, जसले तपाईंको चल्ती खाता वा सम्पूर्ण जीवनको बचत केही मिनेटमा नै रित्याउन सक्छ। आफूले नचिनेको मानिसलाई आफ्नो पैसा दिनका लागि विश्वास नगर्नुहोस्।

आश्वस्त ऋण

के तपाईंलाई क्रेडिट वा ऋण "सुनिश्चित गरिएको" कारणले पैसा पठाउँदै हुनुहुन्छ? त्यस्तो हो भने, सावधान हुनुहोस्! तपाईंले साँचो क्रेडिट वा ऋण प्राप्त गर्नका लागि पैसा पठाउने आवश्यकता पर्नु उच्च रूपमा असम्भव हुन्छ।

मनी ट्रान्सफर स्क्याम

मनी ट्रान्सफर स्क्यामहरू धैरै प्रकार र रूपमा हुन्छन्। नराम्रो कुरा के हो भने ठगी गर्नेहरूले लगातार नयाँ छल र तरिकाहरू सिकिरहेका छन्। कुनै विशिष्ट परिस्थिति वास्तवमा स्क्याम हो भनेर थाहा पाउनु धेरै कठिन छ। त्यसैले गर्दा छल गर्ने स्क्यामरहरू भन्दा एक कदम अगाडि रहनु धेरै महत्त्वपूर्ण हुन्छ।

पहिचान चोरी

कसैले ठगी वा अन्य आपराधिक कार्य गर्न तपाईंको पहिचान प्रयोग गर्न सोच्छ भने त्यस्तो बेलामा पहिचान चोरी हुन्छ। अपराधीहरूले विभिन्न स्रोतहरूबाट तपाईंको पहिचान प्रयोग गर्न आवश्यक हुने जानकारी प्राप्त गर्न सक्छन्। जसमा तपाईंको वालेट चोर्ने, तपाईंको फोहोर फाल्ने स्थानमा खोज्ने र तपाईंको क्रेडिट वा बैङ्क जानकारी जोखिममा पार्ने लगायतका कुरा पर्छन्। तिनीहरूले तपाईंलाई प्रत्यक्ष, टेलिफोन वा इन्टरनेट मार्फत सम्पर्क गरेर तपाईंको जानकारी माग्न सक्छन्।

टेलिमार्केटिङ स्क्याम

तपाईंलाई अज्ञात व्यक्तिबाट फोन कल आउँछ र उठाउनका लागि केही हदसम्म शङ्का लाग्छ। अन्त्यमा तपाईंले फोन उठाउने निर्णय गर्नुहुन्छ र आश्चर्यजनक रूपमा – तपाईंले निःशुल्क क्रुज जित्नुभएको हुन्छ। कस्तो भाग्य! तपाईंले क्रिज प्राप्त गर्न गर्नुपर्ने एकमात्र काम भनेको "औपचारिक" अफर प्राप्त गर्न पोस्टेज र व्यवस्थापनका लागि भुक्तानी गर्ने हो। अत्यन्तै सजिलो जस्तो लाग्छ। अर्कोतर्फको आश्वासनयुक्त आवाजले अब तपाईंलाई पोस्टेजका लागि भुक्तानी गर्न आफ्नो वित्तीय जानकारी दिनमा धूर्त्याईँ गरेको छ जब तपाईंले आफूले नचिनेको मानिसलाई पैसा ट्रान्सफर गर्नुहुन्छ वा अज्ञात व्यक्तिलाई फोनबाट व्यक्तिगत/वित्तीय जानकारी दिनुहुन्छ, तपाईंले आफू टेलिमार्केटिङ ठगीको शिकार हुने सम्भावना वृद्धि गर्नुहुन्छ।

तेस्रो पक्षहरूद्वारा तपाईंको व्यक्तिगत जानकारी प्रायः टेलिमार्केटरलाई दिइन्छ भन्ने कुरामा सावधान हुनुहोस्। यदि तपाईं एकपटक शिकार हुनुभएको छ भने, तपाईंलाई अग्रिम शुल्क तिरेर आफ्नो क्षतिहरू रिकभर गर्नका लागि मद्दतको प्रस्ताव गर्ने व्यक्तिहरूबाट सावधान हुनुहोस्।

आफ्नो सुरक्षा गर्नुहोस्

तपाईं स्क्याममा पर्नुभएमा कहाँबाट मद्दत प्राप्त गर्ने।

यदि तपाईं मनी ट्रान्सफर स्क्यामको शिकार हुनुभएमा, पहिले आफ्नो स्थानीय प्रहरीमा घटनाको रिपोर्ट गर्नुहोस्। अब, तल सूचीकृत गरिएअनुसार रिपोर्ट दायर गर्नुहोस्। र सधैँ, यदि तपाईंसँग कुनै प्रश्न वा चासोहरू भएमा, हामीलाई तत्काल 1 800 882 077 मा कल गर्न नहिच्किचाउनुहोस्।

ठगीको रिपोर्ट गर्नुहोस्

यदि तपाईं ठगीको शिकार हुनुभएको भएमा, तपाईंले यसको रिपोर्ट गर्न आवश्यक हुन्छ। तपाईंलाई ठगीको रिपोर्ट गर्नमा उपयोगी संसाधन र सहायताको सूची यहाँ छ।

1). प्रहरीलाई कल गर्नुहोस्

आफ्नो स्थानीय प्रहरीलाई कल गर्न सुरु गर्नुहोस्। सबै मनी ट्रान्सफर स्क्यामहरू प्रहरीलाई रिपोर्ट गर्नुपर्छ।

2). Ria को ठगी विभागमा सम्पर्क गर्नुहोस्

हामी यसको बारेमा थाहा पाउन चाहन्छौँ जसले गर्दा यो फेरि नहोस् भन्ने सुनिश्चित गर्नका लागि हामी आफूले सक्ने सबै कुरा गर्न सक्छौँ। हामीलाई फोनद्वारा 1 800 882 077 मा वा इमेलद्वारा MY_support@riamoneytransfer.com सम्पर्क गर्नुहोस्।

Ria वित्तीय सेवाहरु। © 2024 कन्टिनेन्टल एक्सचेन्ज समाधान, इंक। सबै अधिकार सुरक्षित।