"हागाकी" पोस्टकार्ड पठाउने बारेमा जानकारी।

प्रिय ग्राहकज्यू,   

Ria Kyodai प्रयोग गर्नु भएकोमा धन्यवाद।

हामी तपाईंलाई यो जानकारी गराउन चाहन्छौं कि पोस्टकार्ड (हागाकी) मार्फत पठाइने सूचनाहरू मिति: ३० सेप्टेम्बर २०२६ देखि बन्द हुनेछन्।  

भविष्यमा रेमिटेन्स सम्बन्धी सूचना प्राप्त गरिरहनका लागि कृपया आफ्नो इमेल आइ.डी दर्ता गर्नुहोस्। त्यसका लागि तल उल्लेखित जानकारी सहित jpcare@riamoneytransfer.com मा इमेल पठाउनुहोस्:

  •  तपाईंको पूरा नाम

  • Kyodai नम्बर

  • तपाईंको परिचयपत्रको प्रतिलिपि (अगाडि र पछाडि दुवै) 

  • तपाईंको इमेल आइ.डी 

यदि तपाईंलाई कुनै प्रश्न वा जिज्ञासा भएमा, कृपया हाम्रो टोल फ्री (कल गर्दा पैसा नलाग्ने) नम्बरमा सम्पर्क गर्नुहोस्: 0120-694-044

कार्यालय समय:

हरेक दिन बिहान 10:00 बजे देखि साँझ 7:00 बजे सम्म (जापानी सार्वजनिक बिदाका दिनहरू बाहेक)  

सादर,

Ria Kyodai टीम